‘उपचारको अभावमा नगरबासीलाई मर्न दिँदैनौ’ मेयर ढकाल


सुन्दरहरैंचा, २३ वैशाख । कोरोनाको सङ्क्रमणबाट नगरबासीलाई जोगाउन नगरपालिकाले कुनै पनि कसर बाँकी नराख्ने सुन्दरहरैँचा नगरपालिकाले जनाएको छ ।   

बुधबार नगरप्रमुख शिवप्रसाद ढकालले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरेर सो कुरा बताएका हुन् । नगरप्रमुख ढकालले पत्रकार सम्मेलनमा बोल्दै कोभिड १९ बाट नगरबासीमा कुनै क्षति हुन नदिन सुन्दरहरैंचा नगरपालिकाले नगरमा एक सय शैंयाको होल्डिङ सेन्टर तयार पारेको बताए ।

उनले यसका लागि दुर्गादेवी दुलाल सुन्दरहरैँचा स्पोर्टस ग्राम सलकपुरमा ६५ शैंया र सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घमा ३५ शैंयाको होल्डिङ सेन्टरको व्यवस्था गरिएको बताए ।नगरप्रमुख ढकालले कोभिडका कारण कुनै पनि नगरबासीले ज्यान गुमाउनु नपरोस् भनेर सम्पूर्ण पूर्वाधार तयार गरिरहेको, निशुल्क स्वाब परीक्षण गर्ने व्यवस्था मिलाइएको जसका लागि २४ घण्टा बिरामीको सुविधाको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको पनि बताए  ।

अक्सिजनको अभाव हुन नदिने होल्डिङ सेन्टरमा १ सय थान अक्सिजन सिलिण्डरको व्यवस्था गरिने बताउँदै सकेसम्म हामी कुनै नगरवासीलाई उपचारको अभावमा मर्न नदिने पनि प्रतिवद्धता पनि जाएर गरे । 

प्रतिक्रिया दिनुहोस्