केराबारीमा ५ दिने उद्घोषण तालिम सम्पन्न



केराबारी, २० वैशाख । महिलाहरूको व्यक्तित्व विकास तथा उनीहरूलाई व्यवहारिक सीप दिने उद्देश्यले केराबारी मा आयोजना गरिएको पाँचदिने उद्घोषण तालिम सम्पन्न भएको छ । हिउँचुली सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको आयोजना केराबारी नगरपालिका वार्ड नं १० ले गरेको थियो ।


उक्त ५ दिने महिला लक्षित उद्घोषण तालिमको समापन सत्रमा बोल्दै गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी भुजेल लिम्बुले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्नु पर्ने बताइन ।


यस्ता किसिमका तालिमबाट सहभागी महिलाहरूलाई ठूलो टेवा पुग्ने र सामाजिक उतरदायित्वमासमेत बढात्तरी हुने आसा गरे र नै वाडा कार्यालयले यो तालमिको आयोजना गरेको वडा अध्यक्ष जङ्ग बहादुर खवासले बताए । साथै वडाध्यक्ष खवासले यो तालिमले महिलालाई हरेक क्षेत्रमा अगाडि बढाउँन सहज हुने तथा सामाजिक श्रेत्रमासमेत अग्रसर हुन महत्वपूर्ण भूमिका खेल्ने आसा गरे ।


वडाका ३० जना महिलाहरू सभागी भएको उक्त कार्यक्रममा खेल खेलाउँदै उनीहरूको मनोज्ञिनलाई ध्यान दिएर तालिम दिइएको, तालिमा पाएपछि आफूहरूमा भएको डर हटेर गएको सहभागी महिलाहरूले बताएका थिए ।


तालिममा स्वास्थ्य मन्त्रालयले जारी गरिएको सुरक्षा मापदण्डलाई पूर्ण रूपमा पालना गरिएको थियो ।


तालिमको सहजीकरण पाथिभरा सिप बिकास तालिम केन्द्रले गरेको थियो भने उक्त तालिममा पत्रकार एलएन गच्छदारले पशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्