बेलबारीमा सक्रिय सङक्रमितको सङ्ख्या १७ पुग्यो


बेलबारी, १९ वैशाख । बेलबारीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ पुगेको छ ।

सङ्क्रमित हुनेमा बेलबारी ३ का ५ जना, १ का दुई जना, २ का तिन जना, ४ का तीनजना, ११का तीनजना  र १० का एक जना गरी १७ जना सक्रीय सङ्क्रमित रहेको बेलबारी नगरपालिकाले जनाएको छपिसिआर परीक्षण मार्फत कोरोनाको परिक्ष्ण गर्दै आएको नगरपालिकाले एन्टीजिन मार्फत परीक्षण गरिरहेको छ ।

सङ्क्रमण दर उच्च भएसँगै यसअघिनै नगरपालिकाले साप्ताहिक लाग्ने हाट बजार तथा विद्यालयहरु बन्द गरिसकेको छ ।नगरपालिकाले अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर ननिस्कन समेत सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्