नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष ओली सहभागी


काठमाडौं, १ पुस । सत्तारुद्ध नेपाल कम्युनिस्ट पार्टी( नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीपनि सहभागी भएका छन् ।

नेकपा अध्यक्ष ओलीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बैठक शुरु भएको हो ।
बैठकका लागि दिउँसोदेखि नै स्थायी कमिटी सदस्यहरु बालुवाटार पुगे पनि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलका कारण बैठक बस्न सकेको थिएन ।

अहिले उक्त छलफल सकिएपछि ओली समेत सहभागी भएर बैठक शुरु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री सहभागी भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्