प्रधानमन्त्रीले ल्याएको अध्यादेश फिर्ता हुने


काठमाडौं, १ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादमा जेल्लिँदै आएपनि अब नयाँ सहमति भएको छ ।

सहमतिअनुसार अब प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, प्रचण्डको आरोप–पत्र सबै फिर्ता हुने भएको छ । त्यस्तै गरी राष्ट्रपतिबाट जारी भएको अध्यादेश पनि फिर्ता हुने सहमति भएको एक नेताले बताए ।

यस्तै प्रचण्ड–माधव नेपाल समूहका सांसदले विशेष अधिवेशन माग गर्दै संकलन गरेको हस्ताक्षर पनि फिर्ता हुने भएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्