प्लास्टिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु


तेह्रथुम,२८ मंसिर । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७ वर्षीया रञ्जना, ६ वर्षीया रोजिना र ८ वर्षीया सुहाना छन् । पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले बताएका छन् ।

शनिबार दिउँसो खेल्न भनेर उनीहरु घरबाट निस्किएका थिए । अबरेसम्म पनि नफर्किएपछि खोजतलास गर्ने क्रममा उनीहरु प्लास्टिकको कृत्रिम पोखरीमा मृत फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्