बेलबारी , फागुन ४ गते / सुन्दर टोल विकास संस्था बेलबारी ३ मोरङको च्याउ खेती तालिम सम्पन्न भएको छ ।
सुन्दर टोल विकास संस्था बेलबारी ३ मोरङको आयोजना र बेलबारी नगरपालिका वाड नं. ३ वडा कार्यक्रलयको सहयोगमा माघ २६ र २७ गते भएको तालिमको समापन शनिवार बेलबारी नगरपालिकाको आदिवासी जनजाति महासङ्घ बेलबारीको सभाहलमा समापन भएको हो ।
समापन कार्यक्रममा बेलबारी नगरपालिकाका प्रवक्ता तथा वाड नं.३ का अध्यक्ष योगेन्द्र सुबेदीले च्याउ खेती तालिममा सहभागी प्रशिक्षार्थीलाई व्यवसाहिक रूपमा अगाडी बढ्न आग्रह गर्दौ, व्यवसाहिक च्याउ खेती गर्नलाई पर्ने आवश्यक सहयोग वाड कार्यालयले गर्ने प्रतिबद्धता गरेका छन् । सुन्दर टोल विकास संस्थालाई बेलबारीको टोलहरू मध्य कै सक्रिय टोल संस्था भएको बताउँदै प्रशिक्षार्थीहरूलाई शुभकामना प्रदान गरेका थिए ।
कार्यक्रममा सुन्दर टोल विकास संस्था बेलबारी ३ मोरङका सल्लाकार संयोजक तिलक राईले तालिम सिकेको कुरा व्यवहारिक रूपमा निरन्तर लागु गरेर जान प्रशिक्षार्थीहरूलाई सुझाव दिँदै शुभकामना प्रदान गरेका थिए । प्रमुख प्रशिक्षक विमेश दाहालले पनि शुभकामना प्रदान गरेका थिए ।
प्रशिक्षार्थीको तर्फबाट कमला अधिकारी र सविना अधिकारीले आफ्नो अनुभव सुनाउँदै तालिमले आत्म निर्भर हुने प्रेरणा प्रदान गर्नुको साथै दुई समूह निर्माण गरेर च्याउ खेती व्यवसाहिक रूपमा गर्ने योजना रहेको बताइन ।
कार्यक्रम सुन्दर टोल विकास संस्था बेलबारी ३ मोरङका अध्यक्ष खनेन्द्र कुमार राई (अर्जुन) को अध्यक्षतामा सम्पन्न भएको हो । तालिममा तयार गरिएको च्याउको पोकाबाट उत्पादन भएको च्याउको परिकार बनाएर प्रशिक्षार्थीले जनप्रतिनिधिहरूलाई खुवाउने कार्यक्रम गर्ने संस्थाको योजना रहेको अध्यक्ष राईले जनाउँदै प्रशिक्षर्थीहरुलाई शुकामना प्रदान गरेका थिए ।