मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री निवास वालुवाटारमा अहिले मन्त्रिपरिषद वैठक चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी बडीआमाको निधन भएपछि सोमबार स्थगित मन्त्रिपरिषद् बैठक आज (मंगलबार) बिहान राखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा बैठक केही बेरअघि शुरु भएको जानकारी दिएका छन् । आजै समयसामयिक विषयहरुमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक पनि बोलाएका छन् । सर्वदलीय वैठकमा देशमा राजावादीको नाममा शुरु भएको आन्दोलनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्