संखुवासभाबाट सयौँको सख्यामा जसपामा प्रवेश


काठमाडौं, २१ मंसिर । जनता समाजवादी पार्टीमा एक सय भन्दा बढी नेकपा र नेपाली काँग्रेस परित्याग गरि शनिबार राजधानीमा पार्टी प्रवेश गरेका छन् ।

जनता समाजवादी पार्टी, संखुवासभा काठमाडौं सम्पर्क मन्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सयौँको सख्यामा विभिन्न पार्टी परित्याग गरि प्रवेश गरेको जसपा केन्द्रीय सदस्य दिपक याक्खाले जानकारी दिएका छन् ।

समाजवादी पाटीका ज्याम्लिङ भोटे र लक्पा वाङ्चुक भोटेको नेतृत्वमा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष छुलुङ पिम्बा र अन्तराष्ट्रिय आरोही पथप्रदर्शक तथा गायक दवा फिन्जो सहित सयौँको संख्यामा पार्टी प्रवेश गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका वरिष्ठ नेता अशोककुमार राईले जनता समाजवादी पार्टी कुनै जाति विरुद्ध नभई भाषिक संस्कृतिक सहितको समानुपतिक प्रतिनिधित्व हुनु पर्छ भनेरनै पार्टी गठन भएको बताएका छन् ।

कार्यकारिणी सदस्य रकम चेम्जोङले नेकपा र काँग्रेस फरक नाम र झण्डा भए पनि उद्धेश्य एउटै भएको आरोप लगाएका छन् ।

केन्द्रिय सदस्य दिपक याक्खा, प्रदेश न. १ का संसाद जयराम यादव , प्रदेश १ का मुख्यसचिव प्रभुराम श्रेष्ठ लगाएतको उपस्थिती रहेका थिए भने फुर्पु ल्होमीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्