नेकपा सचिवालय बैठकमा अध्यक्ष ओली सहभागी नहुने


काठमाडौं, १७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दै छ । हिजो निकै तनावपूर्ण रुपमा सकिएको सचिवालय वैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने जनाइएको छ । तर बैठकमा प्रधानमन्त्री केपी

शर्मा ओली भने सहभागी नहुने हिजो (मंगलबार) नै बताइसकेका छन् ।मंगलबारको बैठकमा प्रचण्डले बैठक शुरु गर्दै पेश भएका दुई अध्यक्षको प्रतिवेदनमा छलफल अगाडि बढ्ने बताए लगत्तै ओलीले दाहालको लाञ्चनापत्रमा छलफल नहुने भन्द हस्तक्षप गरेका थिए ।

तर ओलीको यो शैलीप्रति अरु नेताले आपत्ति जनाउँदै बैठकमा आएका दुबै प्रतिवेदनमा छलफल हुने अडान लिएका थिए । त्यसलगत्तै ओली प्रतिरक्षात्मक बनेकाले आज (बुधबार) को बैठकमा आफू नआउने बताएका थिए । पार्टीका मुख्य अध्यक्ष नै वैठकमा सहभागी नहुने बताइसकेपछि आजको सचिवालय वैठक कसरी अगाडि बढ्छ भन्नेबारे अन्योल बढेको छ ।

प्रतिक्रिया दिनुहोस्