स्वास्थ समस्या देखिएपछि खाँदबारी नगरप्रमुखलाई काठमाडौं लगियो


संखुवासभा,७ मंसिर । संखुवासभाको खाँदबारी नगरपालिकाका नगरप्रमुखलाई स्वास्थमा समस्या देखिएपछि उपचारकालागी काठमाडौं लगिएको छ ।

स्वास्थमा समस्या देखिएपछि उपचारकालागी काठमाडौं लगिएको छ । करिब १ साता देखी नगरप्रमुख मुरारीप्रसाद खतिवडाको स्वास्थमा समस्या रहदै आएको भएपनि शुक्रबार स्वास्थ्यमा खराबी आएपछि भएकोले हेलिकप्टर चार्टर्ड गरेर काठमाडौ लगिएको उप–प्रमुख डिगेश्वरी श्रेष्ठले बताएकी छन् ।

एक सातादेखिसाझमा टाउको दुख्ने गरेकाले यहाँ पनि उपचार गराइ रहनु भएको थियो बिहान अलि बढि समस्या भएको बताएपछि हेलिकप्टर चार्टर्ड गरेर काठमाडौ पठाएको हो । ’ उनले भनिन् । उनका अनुसार मेयरको चाबहिल स्थित एक अस्पतालमा उपचार हुदै गरेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्