धादिङमा दुर्घटना हुर्दा एक जनाको मृत्यु , तीन जना घाइते


धादिङ,७ मंसिर । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका(५ गलौँदीमा आइतबार बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुर्दा एक जनाको ज्यान गएको छ । भने तीन जना घाइते भएका छन् ।

दुर्घटना हुर्दा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका(१ का २४ वर्षीय दीपेश केसीको ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काले जनाएका छन् ।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिएको थियो । केसी अनुसार दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलङ्की निवासी सुधीर सुवेदी गम्भीर घाइते भएका छन् । एक जनाको अवस्था सामान्या रहेको उनले बताए । घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्