ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिष्फोट


उदयपुर, ७ मंसिर । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा गए राति १ बजेतिरको समयमा बम बिष्फोट भएको छ ।

गाउँपालिका कार्यालयसँगै रहेको नागरिक सहायता कक्षमा अज्ञात समूहले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जनाएका छन् ।

बम बिष्फोटबाट कार्यालयको कम्प्युटर, टेबल, कुर्सीलगायतका फर्निचरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।घटनास्थल नजिकै एउटा अर्को बम फेला परेकाले गाईघाटबाट बम डिस्पोजल टोली मगाइएको प्रहरी उपरीक्षक दाहालले जानकारी दिए । घटनास्थललाई प्रहरीले सुरक्षा घेरामा राखेको छ । घटना कसले र किन गरायो भन्नेबारेमा अहिलेसम्म खुल्न नसकेको पनि प्रहरी उपरीक्षक दाहालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्