उर्लावारीमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु


उर्लाबारी,२७ कात्तिक । उर्लावारी नगरपालिकामा कोरोना संक्रमणका कारण बिहीबार तीन जनाको मृत्यु भएको छ ।

यसरी होम आईसोलेसनमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुमा उर्लाबारी–७ का बर्ष ४९ पुरुष, वडा नं.–८ का ४९ बर्षीय पुरुष र वडा नं.–९ का ७४ बर्षीय पुरुषको निधन भएको उर्लाबारी नगर प्रमुख खड्ग फागोले जनाएका छन् । यस अघि नगरमा वडा नं.–२ मा एक महिला , वडा नं.–६ मा एक पुरुष र वडा नं.–७ मा एक महिला सहित ३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन ।

यो सँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्