आज २ हजार ५६९ जना कोरोना संक्रमित, १ हजार ६६६ मुक्त


काठमाडौ,२६ कात्तिक । नेपालभर पछिल्लो २४ घण्टामा थप २ हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज निको हुने संक्रमितको संख्या १ हजार ६६६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । भने, कोरोना संक्रमित भएर निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ ।मन्त्रालयका अनुसार हाल देशभर ३८ हजार ९२१ जना सक्रिय संक्रमितहरू रहेका छन्।

आज थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमित मृत्यु हुनेको संख्या १ हजार १७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्