विराटनगरबाट १ लाख ६७ हजार ३ सय रुपैया बराबरको कपडा र चुराहरु बरामत


विराटनगर,२६ कात्तिक । भारतिय बजार जोगमुनीबाट भन्सार छलेर अवैध रुपमा ल्याएको कपडा र लेडिज चुरा विराटनगर १६ दरैयाबाट प्रहरीले बरामद गरेको छ ।

सुचनाका आधारमा दरैया स्थित २५ बर्षीय राहुल रायको घरमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले छापा मार्ने क्रममा १ लाख ६७ हजार ३ सय रुपैया बराबरको कपडा र चुराहरु बरामत गरेको उक्त कार्यालयले जनाएको छ ।बरामद गरिएको सामानसहित रायलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानी बुझाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै, बुधबारनै भन्सार छलेर ल्याएका कपडा तथा किरानाका सामानहरु बरामदको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । करिब १ लाख ४५ हजार ३ सय बराबरको उक्त सामान विराटनगर ९ मा सडक किनारामा फेला परेको कार्यालयले बताएको छ ।

बेवारिसे अवस्थामा बरामद भएको उक्त सामानलाई पनि रानीस्थित भन्सार कार्यालयमा बुझाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्