बैकिङ कसुरमा फरार पुन नौ महिनापछि पक्राउ


काठमाडौ,२६ कात्तिक । बैकिङ कसुरका फरार अभियुक्तलाई ९ महिनापछि प्रहरीले पक्राउ गरेको छ ।

०७६ साल माघ १९ गते उच्च अदालत पाटन १८ लाख जरिवाना र ४ दिन कैद फैसला सुनाएका फरार अभियुक्त ललितपुर महानगरपालिका १३ रानीबु बस्ने वर्ष ६४ को गम प्रसाद पुनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका उक्त कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पुनलाई रानीबुबाट मंगलबार अपरान्ह ५ बजे पक्राउ गरेको हो । उनलाई आबश्यक कारबाहीको लागि उच्च अदालत पाटन पठाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्