प्रधानमन्त्री ओली संखुवासभाको किमाथांकामा


सखुवासभा,२६ कात्तिक । नेपाल र चीनको नाका संखुवासभाको उत्तरी क्षेत्र किमाथांकामा प्रधानमन्त्री केपी शर्मा ओली आज पुगेका छन् ।

प्रधानमन्त्री ओलीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थान समिति सभापति परशुराम मेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमसहितको टोलीसहित किमाथांका नाका निरीक्षण गर्न गएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न विकास निर्माणका आयोजनाहरू र बोर्डर पोस्ट निरीक्षणका लागि उक्कित टोली किमाथांका गएको जानकारी दिए । नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान साढे ८ बजे उक्त स्थान तर्फलागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्