उर्लाबारी नगरपालिकाद्धारा नागरिकहरुलाई २० हजार बराबरको औषधी उपचार गर्ने


उर्लाबारी,२६ कात्तिक । उर्लाबारी नगरपालिकाले अति विपन्न बर्गका नागरिकहरुलाई २० हजारको औषधी उपचार नगरपालीकाले गर्ने भएको छ ।

नगरपालिकाको सोमबारको बैठकले सवै नागरिकहरुको औषधी उपचारको जिम्मा स्थानिय सरकारले लिने योजना अनुसार पहिलो चरणमा आय स्रोत नभएका अति विपन्न वर्गका नागरिकहरुलाई प्राथमिकता राखेर जुनसुकै रोग लागेर र बिरामी भएको अवस्थामा उक्त रकम प्रदान गर्ने निर्णय गरीएको नगर प्रमुख खड्ग फागोले बताएका छन ।

साथै नागरिक स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन क्रमीक र आवश्यकता अनुसारका थप अन्य चरणमा आय नभएका र निम्न आय स्रोत भएकाहरुको पनि निशुल्क स्वास्थ्य उपचार कार्यक्रम संचालन गर्ने योजना रहेको नगर प्रमुख फागोले बताएका छन ।

यसैगरी बैठकले कोभिड–१९ बाट संक्रमीत भएका तथा दैनिक रोजगार गरेर जिवीकोपार्जन गर्दै आएका नगरबासीहरुकोे लागि एक महिना सम्मको लागि खाध्यन्न तथा अक्सीजन घरैमा पुर्याउने र संक्रमीतहरुको उपचारको लागि पनि नगरपालिकाको समन्वयमा आईसोलेशन सेन्टरको स्थापना गर्ने निर्णय भएको बताउँदै नगर प्रमुख फागोले संघिय सरकारले पिसीआर परिक्षण बन्द गरेको भए पनि आफनो नगरले हाल सम्म आफना नागरिकको निशुल्क परिक्षण गर्दै आएकोमा उक्त कार्यलाई अझ प्रभावकारी किसीमबाट स्वाब परिक्षण गरी संक्रमण फैलिन नदिने तयारी गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्