५ ग्राम ७०० मिलीग्राम ब्राउनसुगरसहित चार जना पक्राउ


झापा,२६ कात्तिक । झापामा लागुऔषध खैरोहिरोईन (ब्राउनसुगर) सहित चार जनालाई प्रहरलिे पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड(२ फुलबारी टोलका ३१ बर्षीय संजय कुमार राजबंशी, २५ बर्षीय मोहन कुमार ओली, २४ बर्षीय दयालाल राजबंशी र २० बर्षीय अरुण कुमार राजबंशी रहेका कार्यलयले जनाएको छ ।

उनिहरुलाई हिजो अपरान्ह प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले सोहि ठाउँबाट पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ ।
पक्राउ परेका उनिहरूको साथबाट ५ ग्राम ७०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस्