हरियाली गाउँ बनाउने अभियानमा सुन्दर युवा समूह, बेलबारी : गरे वृक्षारोपण


बेलबारी, २० असोज । सुन्दर युवा समूह, बेलबारी ८ ले आफ्नो गाउँ आफै बनाउने अभियानमा सोमबार ३ सय भन्दा बढी बिरुवा वृक्षारोपण गरेको छ । बेलबारी ९ को सुन्दर मार्गको दायाँ र बायाँको दुवै छेउमा वृक्षारोपण गरिएको हो ।
सोमबार भएको वृक्षारोपणको उद्घाटन नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् बेलबारीका अध्यक्ष तिलक प्रसाद राईले गरेका हुन । समूहको कार्यको प्रशंसा गर्दै अन्य टोल तथा वडाको लागि एक उत्कृष्ट उदाहरण रहेको राईले बताए । समूहले गरेको कार्यमा वडा कार्यालयले पनि सहयोग गर्न राईको आग्रह रहेको छ ।
स्वच्छ तथा हरियाली टोल बनाउने अभियानमा वृक्षारोपण गरिएको समूहका अध्यक्ष प्रभाकर राजवंशीले बताए । सरसफाइ कार्यक्रम गर्ने र सडक बत्ती लगाउने योजना समेत रहेको उनले जनाएका छन् । ४० हजार स्थानीय आफैले रकम सङ्कलन गरेर वृक्षारोपण कार्यक्रमको सुरुवात गरेको राजवंशी बताउँछन् । ३ हजार बिरुवा वृक्षारोपण गर्ने समूहको योजना रहेको राजवंशीले बताएका छन् ।
सुमयको नेतृत्वमा बालबालिका देखी वृद्धसम्म सबै वृक्षारोपण कार्यक्रममा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्