कोभिडविरुद्ध भ्याक्सिन विश्व बैंकले गरीब राष्ट्रकालागि किनिदिने


काठमाडौँ, १५ असोज । गरीब राष्ट्रका लागि कोभिडविरुद्धको भ्याक्सिन विश्व बैंकले किनिदिने भएको छ । कोभिडविरुद्धको खोप सुनिश्चित गर्न १२ बिलियन डलर विनियोजन गरेको बैंकले जनाएको छ ।

कोभिडविरुद्धको भ्याक्सिन आउना साथ विश्व बैंकले भ्याक्सिन किनिदिने भएको छ ।

रुस, अमेरिका, चीनलगायतका देशले कोरोनाको खोप विकास गरी मानव परीक्षण गरिरहेका छन् । यी देशहरुबीच विश्व बजारमा आफ्नो खोप जतिसक्दो छिटो पु¥याउने होडबाजी समेत चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्