बुटवलमा कोरोनाबाट एक पुरुषको मृत्यु


बुटवल, १५ असोज । कोरोना भाइरस संक्रमणबाट बुटवलमा थप एक जना पुरुषको मृत्यु भएको छ ।

असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–८ का ८० वर्षीयपुरुष को बुधबार रातिसाढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताएका छन् ।

उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी उच्च रक्तचापका दीर्घ रोगी रहेको डा. गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्