बालुवाटारमा दुई अध्यक्ष बीच छलफल सुरु


काठमाडौं, १३ असोज । बालुवाटारमा आज (मंगलबार) प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिमण्डल पुनगर्ठन लगायतका विषयमा छलफल भएको छ ।
मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका थाती काम टुंग्याउने सन्दर्भमै छलफलमा शुरु भएको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा ओली(प्रचण्ड तीन दिनदेखि लगातार भई रहेको छलफल टुङ्गोमा पुग्न सकेको छैन । प्रधानमन्त्री ओली र प्रचण्डबीच मोडालिटीमै कुरा नमिलेको हरिबोल गजुरेलले जानकारी दिएका छन् । मन्त्रिपरिषद् पुनर्गठनमा पार्टी उपाध्यक्ष वामदेव गौतम समस्याको रुपमा देखिएको स्रोतले बताएको छ ।
प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल उपाध्यक्ष गौतमलाई पुनर्गठन हुँदा मन्त्री बनाउनुपर्ने पक्षमा छन् । तर, ओलीले अदालतमा मुद्दा नै परिसकेकाले बनाउन नहुने पक्षमा छन् ।
वामदेवविरुद्धको मुद्दाको पेसी भोलि अर्थात् असोज १४ गतेलाई तोकिएको छ । भोलि सुनुवाइ हुने सम्भावना रहेकाले त्यसपछि मात्रै पुनर्गठन गर्नुपर्ने तीन नेताको अडान छ ।

प्रतिक्रिया दिनुहोस्