मन्त्रिपरिषदको वैठकले गरे विभिन्न निर्णयहरु


काठमाडौं, ११ असोज । आकस्मिक रुपमा डाकेको मन्त्रिपरिषदको वैठकले विभिन्न निर्णयहरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) बालुवाटारमा डाकेको मन्त्रिपरिषद वैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ ।

केहि महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत् रहेका भण्डारीलाई नै सो पदमा नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् । यस्तै वैठकले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको छ ।
अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रमसम्बम्धी सम्झौता गर्न राजदूत शाक्यलाई अख्तियारी प्रदान गरेको थियो । यस्तै अब नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ ।

बैठक आकस्मिक रुपमा आज राखिए पनि कुनै त्यस्तो विशेष प्रस्ताव नभएको र बैठक नियमित विषयहरुमै केन्द्रित रहेको वैठकमा सहभागी एक मन्त्रीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्