मदिरा बनाउने तीन जना पक्राउ


विराटनगर,११ असोज । विराटनगर – १२ मंगलबारे बस्तीबाट ठूलो परिमाणमा मदिरा बनाउने कच्चा पद्धार्थ र तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर १२ का कृष्ण तामाङ्ग, सान्ता आले र लक्ष्मी राई रहेको मोरङ जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन् ।

मोरङ प्रहरीले छापा मार्दा ‘दुई टन’ क्षमताको तीन गाडी मदिरा बनाउने कच्चा पद्धार्थ, भाडाहरू र तीन जनालाई आइतबार पक्राउ गरेको हो ।

शान्ता आलेको मदिरा उद्योगमा प्रहरीले छापा हानेर मदिरा बरामद गरेपछि अन्य छिमेकीहरू घरमा ताला लगाएर फरार भए । जनप्रतिनधी र स्थानियको रोबरमा फारार भएकाहरू घरको ताला फोडेर प्रहरीले मदिरा बरामद गरेको छ । फरार भएका घरधनीहरूको पनि खोजी कार्य प्रहरीले जारी राखेको छ ।

प्रहरीले बरामद गरेको भाडाकुडा, कच्चा पद्धार्थ र पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि विराटनगर कर कार्यालयमा पठाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्