कोरोनाका कारण केन्द्रिय कारागार सुन्धारामा रहेका कैदीबन्दीको मृत्यु


काठमाडौँ ,६ असोज । केन्द्रिय कारागार सुन्धारामा रहेका कैदीबन्दी रामलखन जैसवालको मृत्यु भएको छ ।

तर, मृत्यु भएका जैसवालको शरिरमा चोटपटक देखिएको भन्दै उनका परिवारले हत्या भएको भन्दै वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । उनिहरूले जैसवालमाथि गम्भीर कुटपिट गरेको र घाँटी रेटिएको भन्दै शरिरका विभिन्न भागमा चोटपटक रहेको बताएका छन् ।

वीर अस्पताल पुग्दा नै जैसवालको मृत्यु भइसकेको पछि कोरोना परिक्षण गराउँदा उनमा संक्रमण देखिएको वीर अस्पतालका निर्देश डाक्टर केदार सेन्चुरीले बताएका छन् ।

उनिहरूले अस्पतालका शुरक्षाकर्मीले शव हेर्न नदिएको र झ्यालबाट शव हेर्दा शरिरका विभिन्न भागहरूमा चोटपटक देखिएको भन्दै हत्या नै भएको दावी गरेका छन् ।

केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले जैसवालमा अचानक श्वासप्रश्वासमा समस्या देखेपछि कारागारभित्र भएको अस्पतालमा लगिएको बताए । त्यहाँबाट वीर लान भनेपछि वीर अस्पताल पठाएको उनले बताए । मृतकको शरीरमा कुनै चोटपटक नभएको पनि उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्