नेपालमा २४ घण्टाभित्र एक हजार ३५६ जनामा कोरोना संक्रमण , ८२३ जना निको


काठमाडौं, ६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५६ जनामा कोरोना संक्रमण भएको छ भने ८२३ जना निको भएका छन् ।

नेपालमा कूल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

हालसम्म ४८ हजार ०६१ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १५४ जनाको पिसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्