पोखरीमा डुबेर आमा र दुई छोरीको मृत्यु


विराटनगर,५ असोज । मोरङको ग्रामथान गाउँपालिका – ४ मोतीपुरमा पोखरीमा डुबेर आमा र दुई छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ग्रामथान – ४ मोतीपुरस्थित माइती घरमा बस्दै आएकी ३५ वर्षीय सीता अधिकारी, उनकी १४ वर्षीय छोरी पवित्रा र १० वर्षीय छोरी कृतिकाको पानीमा डुबेर मृत्यु भएको अवस्थमा शव भेटिएको इलका प्रहरी कार्यालय बेलबारीका इनिस्पेक्टर ऋषिराज ढकालले बताएका छन् ।

दुई छोरी पोखरीमा डुबेपछि उद्दारका लागि आमा पसेकी थिइन् । घटनाको प्रकृति हेर्दा दुई छोरी पौडी खेल्न पसेको र आमा उद्दार गर्न पोखरीमा पसेको देखिएको प्रहरी इनिस्पेक्टर ढकालले बताए ।

घरदेखि करिब ढेड किलोमटिर दक्षिणमा रहेको माछो पोखरी तिर आइतबार दिउँसो साढे ३ बजे सीता र उनको दुई छोरी गएका थिए ।
एकान्त ठाउँमा रहेको माछा पोखरीमा सीताका दुई छोरी पसेका थिए । उनीहरूले लगाएको कपडा पोखरीको ढिलमा रहेको छ ।

‘घरदेखि दिउँसो हिडेपछि साझसम्म घरमा सीता र छोरी नपाएपछि परिवारले खोजविन गरेका थिए,’ छिमेकी रामप्रसाद अधिकारीले भने, ‘आइतबा साझ पोखरीमा पुगेर हेर्दा दुई छोरी र सीता डुबेको अवस्थमा शव फेला भेटियो छ ।’

प्रहरीले राति ७ बजे शव पोखरीबाट निकालेर पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल विराटनगरमा पठाएको छ । शवको प्रकृति हेर्दा पोखरीमा डुबेर मृत्यु भएको प्रराम्भिक चरणको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

एकै परिवारका तीनजनाको मृत्यु भएपछि अनुसन्धान सुरु गरिएको मोरगं प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्