अक्सिजन बिना १० पटक सगरमाथा आरोहण गरेका शेर्पाको निधन


काठमाडौं, ५ असोज । सर्वोच्च शिखर सगरमाथामा १० पटक आरोहण गरेर कीर्तिमान बनाएका हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ ।

आज (सोमबार) बिहान १० बजे आफ्नै निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले बताएका छन् । उनको ७२ बर्ष को उमेरमा निधन भएको हो ।

बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन् ।

प्रतिक्रिया दिनुहोस्