कोरोना संक्रमित कैदी पुरुषको उपचारकै क्रममा मृत्यु


नेपालगञ्ज, ५ असोज । सुर्खेत गुर्भाकोट नगरपालिकाका कोरोना संक्रमित ५८ बर्षीय पुरुष कैदीको उपचारकै क्रममा ज्यान गएको छ ।

नेपालगञ्जमा पुरुष कैदीको आज उपचारकै क्रममा मृत्यु भएको बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् ।

कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका उनलाई दमको रोग भएकाले श्वासप्रश्वासमा जटिल समस्या थियो । भदौ २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्