मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल शुरु


काठमाडौं, ४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकभित्र मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल शुरु भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा नेताहरुले आ–आफ्नो धारणा राखेका छन् । भोलि १ बजे फेरि बैठक बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्