इटहरी उपमहानगरपालिका भित्र वार्ड स्तरीय स्वास्थ्य इकाइ स्थापना गरिने


सुनसरी,४ असोज । इटहरी उपमहानगरपालिका भित्र वार्ड स्तरीय स्वास्थ्य इकाइ स्थापना गरिने भएको छ ।

इटहरी ४ मा आइतबार इटहरी उपमहानगर पालिकाका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले स्वास्थ्य इकाइ भवनको शिलान्यास गरेका छन् ।

कार्यक्रममा बोल्दै मेयर चौधरीले इटहरीमा स्वास्थ्यको पहुँच बढाउन नेपाल सरकारको योजना तथा प्रदेश तथा स्थानीय जनताको सहभागितामा उपमहानगरपालिकाले सबै वार्डमा आधारभूत स्वास्थ्यको लागि इकाइ स्थापना गर्ने बताए ।

इटहरी स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीका अनुसार इटहरीका १४ वटा वार्डमा स्वास्थ्य इकाइ स्थापना गरिने छ । संघीय सरकार तथा प्रदेश एवम् स्थानीय सरकारको समन्वयमा स्वास्थ्य सेवा नभएका वार्डमा यसै आर्थिक वर्ष भित्रमा स्वास्थ्य इकाइ स्थापना भइसक्ने बताए । ‘टाइप वान र टाइप टु’को मोडालिटीमा इकाइ स्थापना गरिने पनि उनले बताए ।

इटहरी २ मा भने टाइप वान अन्तरगत वर्थिङ सेन्टरको समेत व्यवस्था गरिने बताए । इन्जिनियर जीवन घिमिरेले २८ लाख ६८ हजार २ सय ६४ रुपियाँको लागतमा पाँच महिना भित्र निर्माण सकिने जानकारी दिए । यहि आर्थिक वर्षमा १४वटा भवन निर्माण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्