लालीगुराँस युवा समूहले मनाए संविधान दिवस


बेलवारी, ३ असोज । बेलबारीमा दीप प्रज्वलन गरेर ५ औँ संविधान दिवस मनाइएको छ । लालीगुराँस युवा समूहको आयोजनामा बेलबारी नगरपालिका वार्ड न. २ मा आयोजना गरिएको कार्यक्रममा दीप प्रज्वलन गर्दै संविधानको पूर्ण परिपालना गर्न सबैलाई आग्रह गरिएको छ ।

पछिल्लो समय संविधानको मूल मर्ममाथि प्रहार भइरहँदा यसरी संविधान दिवस मनाउनेहरूले चाहिँ संविधानको अक्षपूर्ण पालना हुनु पर्नेमा जोड दिएका थिए । दीप प्रज्वलन कार्यक्रम बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गौतमको प्रमुख आतिथ्यता मा सम्पन्न भएको आयोजक संस्था लालीगुराँस समूहका अध्यक्ष सुवास गिरीले बताए ।

त्यस्तै आजै पूर्व पश्चिम लोगमार्गमा पर्ने लालभित्ती चोकमा सहयोगी हातहरू नाम संस्थाको आयोजनामा दीप प्रज्वलन तथा गरिब तथा विपन्न बालबालिकालाई सहयोग समेत गरिएको थियो ।

यता संविधान दिवसको ५ औँ  उत्सव मनाइरहँदा जनताको अवस्था भने जहाँको त्यही रहेको, लोकतन्त्र वा गणतन्त्रलाई नेताले कमाइ खाने भाडोको रूपमा मात्र प्रयोग गरिरहेको आक्रोश पोख्नेहरू पनि थिए । कोरोनाका त्रासका कारण यसपालि गत सालके जस्तो जनताको सहभागिता भने न्यून रहेको थियो

प्रतिक्रिया दिनुहोस्