बालिकालाई बलात्कार गरी गर्भवती पार्ने पक्राउ 


धरान,३ असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की १४ बर्षीया बालिकालाई गर्भवती भएकी छिन् ।
बालिकालाई  बिहीबार पेट दुख्ने विरामी भएपछि अस्पताल लगेर जाँच गराउँदा पेटमा ८ हप्ताको गर्भ रहेको पत्ता लागेको छ । बालिकाका एक आफन्त भन्छन्,‘पहिले नै यो विषयमा किन नभनेको भनेर सोध्दा भनिस् भने तेरो आमालाई मार्छु भनेर धम्क्याएको रहेछ । यसरी धम्कि दिंदै पटक पटक बलात्कार गरेको रहेछ ।’
बालिका माथि बलात्कार भएको उजुरीपछि शनिबार ३८ बर्षीय उत्तर राई (बोखिले) पक्राउ गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघटीका इन्स्पेक्टर पाण्डव राजवंशीले बकताएकान छन् ।
मुलुकी अपराध संहिता २०७४को दफा १८९ (ग)ले जवरजस्ती करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ गर्भवतीको मञ्जुरीले गर्भपतन गराउन सकिने व्यवस्था गरेको छ ।
बालिकालाई जवरजस्ती करणी गर्नेलाई कानुनले कडा कारबाहीको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४को दफा २१९, उपदफा ३ (ग)ले चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गर्नेलाई बाह्र वर्षदेखि चौध वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्