नेपाल तमु बुद्धिष्ट गुम्बा बेलवारीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न


बेलवारी, ३ असोज । नेपाल तमु बुद्धिष्ट गुम्बा बेलवारीले १३ औँ वार्षिक साधारण सभा आज (शनिवार) सम्पन्न गरेको छ । बेलवारी नगरपालिका वडा नं. १ स्थित नेपाल तमु बुद्धिष्ट गुम्बाको हलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तमु द्दयुल छोंज धि गुरुङ राष्ट्रिय परिषद् मोरङ जिल्लाका अध्यक्ष मन कुमार गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । अध्यक्ष गुरुङले तमुहरू एक जुट हुनुको कुनै विकल्प नरहेको बताएका छन् ।
कार्यक्रममा तमु गुम्बा स्थापना गर्दा देखिको भौतिक , आर्थिक सहयोग गन व्याक्ति हरु कृतिमान गुरुङ , बिर्ख बहादुर गुरुङ ,बाबुराम गुरुङ , जसमाया गुरुङ ,चन्द्रमाया गुरुङ , धनमाया गुरुङ र पवित्रा गुरुङलाई  नेपाल तमु बुद्धिष्ट गुम्बा बेलवारीले सम्मान पत्र हस्तान्तरण गरेको हो ।
समितिका कोषाध्यक्ष चन्द्र गुरुङले २०७६/२०७७ को आयव्यय प्रतिवेदन बारे जानकारी दिँदै १ लाख ११ हजार ४ सय ५१ रुपैयाँ समितिमा रहेको बताएकी छन् ।
 कार्यक्रममा जनप्रतिनिधि वडा सदस्य बिन्दु कला गुरुङ , तमु द्दयुल छोंज धि गुरुङ राष्ट्रिय परिषद् बेलवारी अध्यक्ष रञ्जित गुरुङ , नेपाल तमु बुद्धिष्ट गुम्बा बेलवारीका पूर्व अध्यक्ष नर बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
नेपाल तमु बुद्धिष्ट गुम्बा बेलवारीको अध्यक्ष रण बहादुर गुरुङले अध्यक्षता गरेको थिए भन्ने सचिव केशव धलेले कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्