दुई नेपाली रेल जनकपुर आइपुग्यो


जनकपुर, २ असोज । आज (शुक्रबार) दुई नेपाली रेल जनकपुर आइपुगेको छ ।
लामो प्रतिक्षाको घडी तोड्दै अन्ततः नेपालको राष्ट्रिय झण्डा अंकित रेल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर हुँदै भर्खरै जनकपुर आइपुगेको हो । लामो समयको प्रतीक्षापछि कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन नेपाल भित्रिएको हो ।
भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडले बनाएको रेल रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा किनेको हो । भारतकै लगानीमा जयनगरदेखि कुर्थासम्म निर्माण भएको ३४ किलोमिटरमा रेलवेको ब्रोडगेज ट्रयाकमा पहिलो चरणमा रेल गुड्ने बताइएको छ ।
सर्वसाधारणको भीड लागेपछि ठाउँ–ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्