बंगलादेशबाट ५० मेट्रिक टन पैंचो युरिया मल आउने


काठमाडौं, २ असोज । सरकारले बंगलादेशबाट ५० मेट्रिक टन पैंचो युरिया मल ल्याउन सहमति दिएको छ ।

मन्त्रिपरिषदको वैठकले बंगलादेशबाट ५० मेट्रिक टन पैंचो मल ल्याउन औपचारिक निर्णय गर्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमार्फत कृषि मन्त्रालयलाई सहमति दिएको स्रोतले जानकारी दिएको छ ।

सरकारको निर्णयपछि दुई महिनाभित्र मल नेपाल ल्याइसक्ने प्रक्रिया थालिएको मन्त्रालयले जनाएको छ । बंगलादेशले ब्लकमा (खुल्ला) उपलब्ध गराउने र त्यसलाई प्याकेजिङ गरेर ल्याउनकालागि फाष्ट ट्रयाक टेण्डर प्रक्रिया अवलम्बन गरिने मन्त्रालयले जनाएको छ ।

खुल्ला प्रतिष्पर्धाबाटै मल ल्याउने निधो भए पनि ढुवानीको माध्यम भने यकिन भइनसकेको मन्त्रालयको भनाइ छ । बंगलादेशसँग पैंचोमा मागिएको मल नेपालले ग्लोबल टेण्डर गरेर ८ महिनाभित्र बंगलादेश नै लगिदिनु पर्ने सहमति बनेको पनि मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्