चिया मजदुरको ज्यालामा ३० रुपैयाँ वृद्धि अब दैनिक ज्याला ४१५ पाउने


भद्रपुर ,२ असोज  । चिया मजदुरको ज्यालामा ३० रुपैयाँ वृद्धि  गरिने भएपछि  दैनिक ज्याला ४१५ रुपैयाँ चालु आर्थिक वर्षको साउनदेखि पाउने भएको छ ।
नेपाल चिया उत्पादक सङ्घ र चिया मजदुर सङ्गठन बिच ज्यालाको विषयमा चार बुँदे सहमति भएपछि दुवै पक्ष बिच भएको सहमतिमा न्यूनतम ज्यालामा ३० रुपैयाँ वृद्धि गरिएको छ । अब मजदुरले पाउने दैनिक ज्याला ४१५ रुपैयाँ चालु आर्थिक वर्षको साउनदेखि लागु हुनेछ ।
त्यस्तै सहमति अनुसार चिया प्रशोधन वा कारखानामा काम गर्ने श्रमिक तथा बगानमा काम गर्ने नाइके, सरदार र चौकीदारको ज्यालामा अतिरिक्त दैनिक भत्ता ४२ मा १३ रुपैयाँ वृद्धि गरी ५५ रुपैयाँ कायम गरिने निर्णय भएको नेपाल चिया उत्पादक सङ्घका प्रतिनिधि जेपी शर्माले बताएका छन् र
सहमतिमा नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेश अग्रवाल, जेपी शर्मा, चण्डी पराजुली, विनय गोयल र रमेश पराजुली रहेका थिए भने टे«ड युनियन सङ्घका तर्फबाट सहीकुमार राई, सन्तकुमार राई, नेत्रप्रसाद दाहाल, दीपक तामाङ, जीवन खडका, सिता सापकोटा, भूपाल सापकोटा, तिलक दर्जी र देवीप्रसाद खनालले हस्ताक्षर गरेका छन् ।
विगत २० वर्षपछि नेपाली चियाको मूल्यमा वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्