झापाका प्रमुख जिल्ला अधिकारीले पुराना आपराधिक घटनाको फाइल खोल्ने 


दमक ,१ असोज । झापाका प्रमुख जिल्ला अधिकारीले पुराना आपराधिक घटनाको फाइल खोलिने बारे बताएका छन् ।
पत्रकार भेटघाट कार्यक्रममा भर्खरै झापा आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले पुराना घटना कतिको छानविन र अनुसन्धान सकियो, कतिको हुन सकेको छैन र नभएकाको किन हुन सकेन भन्ने विषयमा अध्ययन गरेर सार्वजनिक समेत गर्ने बताए । उनले भने, ‘प्रहरीको हेड क्वाटर र गृह मन्त्रालयबाट पनि यसका लागि परिपत्र आइसकेकाले पुराना फाइलको अध्ययन गरि किनारा लगाउन ध्यान केन्द्रित गनै बताएका छन् ।
नेपाल–भारतको सिमाना रहेको झापा जिल्लामा २७ वटा विओपी स्थापना गरिने जनाएका छन् । यसका लागि प्रदेश र केन्द्र सरकारसँग आफुले छलफल समेत थालेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्