बेलबारीका थप एक कोरोना संक्रमित महिलाको मृत्यु : संक्रमितको मृत्यु संख्या २ पुग्यो


बेलबारी, ३१ भदौ । मोरङको बेलबारीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलबारी ७ निवासी वर्ष ६४ का एक महिलाको मृत्यु भएको हो ।
आइतबार उपचारका लागि विराटनगर स्थित नोबेल अस्पताल गएकी थिइन । उनको हिजो मङ्गलवार राती ९ बजे मृत्यु भएको बेलबारी स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सन्तोष वि.कले बताएका छन् ।
पित्त थैलीको बिरामीको कारण नोबेल पुगेकी उनको पिसिआर परीक्षणको लागि अस्पतालले २९ गते स्वाब संकलन गरेको थियो । उनको पिसिआरको रिर्पोट हिजो नै पोजेटिभ आएको सन्तोषले जनाएका छन् ।
थप बेलबारीका एक जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेलबारीको होलडिङ एरियामा बसेका एक पुरुषमा संक्रमण भएको नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । वर्ष ५२ बेलबारी ६ का एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
बेलबारीमा यो सहित संक्रमितको संख्या ३५ पुगेको छ । जसमा २६ जना निको भएर घर फर्केका छन् भने २ जनाको मृत्यु भइसकेको छ । बेलबारीमा कोरोना संक्रमित २ महिलाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्