धरानको बीपीमा जुनियर रेसिडेन्टहरूको माग पुरा नभएपछि आन्दोलन


धरान , २९ भदौँ । धरानका बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा कार्यरत जुनियर रेसिडेन्टहरूको माग पुरा नभएपछि आन्दोलनमा उत्रिएका छन् ।

कोभिड उपचारमा खटिएकोले जोखिम भत्ता, व्यवस्थित क्वारेन्टिन, गुणस्तरीय खाना, लगायतका विभिन्न माग राख्दै आएका जुनियर रेसिडेन्टहरू इमर्जेन्सीबाहेकका सम्पूर्ण सेवाहरु छोडेर आन्दोलनमा उत्रिएका छन।

जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको माग पुरा गर्नकालागी समिति गठन भएपनि कार्यन्यनमा चासो नदेखाएकोले हिजो ( आइतबार) माग पुरा गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो ।

उक्त अल्टिमेटमको पनि सम्बोधन नभएको भन्दै आजबाट आन्दोलनमा शुरु गरेका उनिरूले उपकुलपति कार्यालयअघि धर्ना दिने तयारीगरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्