सर्लाही प्रहरीले ३०९ किलो गाँजा बरामद


सर्लाही, २८ भदौं । सर्लाही प्रहरीले ना ४ ख ७७४८ नम्बरको १० चक्के ट्रकबाट ३०९ किलो गाँजा बरामद गरेको छ ।

ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा पर्सा गाउँपालिका–५ डोमोवा टोलबाट शनिबार राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले बताएका छन् ।

उनका अनुसार ११ वटा पोकामध्ये ९ वटामा ३१ किलोका दरले र २ वटामा १५ किलोका दरले गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

सर्लाहीको पूर्वी भेगमा ग्रामिण इलाका हुँदै लागूऔषध नेपाल–भारत दुवैतर्फ ओसारपसार भइरहेको सूचना आएपछि जिल्ला प्रहरी प्रमुख सन्तोष सिंह राठौर नेतृत्वको टोली अनुगमनमा खटिएको थियो ।

चालक ट्रकलाई स्टार्ट अवस्थामै राखेर फरार भएको र गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरी निरीक्षक कुर्मीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्