ललितपुरका दुई अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं, २७ भदौं । ललितपुरका पाटन अस्पताल र मेघा अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भदौ १७ देखि पाटन अस्पतालमा उपचाररत भक्तपुरका ९२ वर्षीय पुरुषको शुक्रबार राति पौने १० बजे र भदौ १९ देखि उपचाररत काठमाडौँका ५१ वर्षीय पुरुषको शनिबार बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै ललितपुरकै मेगा अस्पतालमा उपचाररत भक्तपुरमा ३८ वर्षीय पुरुषको शनिबार बिहान ७ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ती पुरुष शुक्रबार मात्रै अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्