धरानमा चार सय परिवारलाई जनता समाजवादी पार्टीद्वारा राहत बितरण


धरान , २७ भदौँ । जनता समाजवादी पार्टीद्वारा सुनसरीको धरानमा चार सय परिवारलाई राहत बितरण गरेको छ ।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईको उपस्थितीमा पार्टी कार्यालय शान्तिपथबाट राहत वितरण गरेका थिए ।

जनता समाजवादी पार्टी धरानले नेपाली समाज अमेरिकासँग समन्वय गरेर आर्थिक सहयोगमा अति पिडित तथा बिपन्न परिवारलाइ प्रति परिवार एक बोरा चामल उपलब्ध गराएको राहत वितरण संयोजक हेमराज जिमि याक्खाले बताएका छन् ।

धरान उपमहानगरको २० वटै वडाका विपन्न र मध्येका पनि अति विपन्न परिवार छनोट गरी राहत उपलब्ध गराएका धरान पार्टी नगर समिति अध्यक्ष ताजुब लिम्बुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्