काठमाडौं, २६ भदौं । बालुवाटारमा भएको स्थायी कमिटी बैठकमा पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेतामाधव कुमार नेपाल आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले ल्याएको १५ बुँदे प्रस्तावमा एक व्यक्ति एक पदको व्यवस्था नभएकोप्रति चर्को असन्तुष्टि जनाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। एक व्यक्ति मुख्य जिम्मेवारी लगायतका विषय प्रस्तावमा किन समेटिएन ? विधि बिना पार्टी कसरी चल्छ ?’ भन्दै नेपाल बैठकमा आक्रामक रुपमा प्रस्तुत भएका हुन् ।
बिहान ११ बजेदेखि शुरु भएको वैठकमा अहिलेसम्म पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालसहित घनश्याम भुसाल, मातृका यादव, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, लिलामाणी पोखरेल र देव गुरुङ लगायत १० नेताले धारणा राखेका हुन् । अझै दुई अध्यक्षद्वारा प्रस्तुत संयुक्त प्रस्तावमा धारण राख्ने क्रम जारी छ ।
सहमतिकै आधारमा प्रस्ताव आएकाले बैठक आजै सक्ने तयारी छ । शुक्रबारको बैठक एक महिना १३ दिनको अन्तरालपछि बसेको हो ।