कोरोना संक्रमणबाट ४ जना कैदीको मृत्यु


काठमाडौं,२६ भदौ । कोरोना संक्रमणबाट काठमाडौंको केन्द्रीय कारागारमा थप ४ जना कैदीमा मृत्यु भएको छ ।

भदौ १६ गते मृत्यु भएका ३ जना र भदौ १९ गते मृत्यु भएका १ जनाको कोरोना संक्रमण पुष्टि भएको जेलर लक्ष्मी बास्कोटाले जानकारी दिएका छन् ।

कोरोना पुष्टि भएका ४ जनामध्ये २ जना जबर्जस्ती करणी र २ जना कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका थिए । उनीहरु सबै केन्द्रीय कारागारकै अस्पतालमा उपचाररत थिए ।

प्रतिक्रिया दिनुहोस्