काठमाडौं महानगरपालिकाले फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन माग


काठमाडौं,२६ भदौ । स्वास्थ्य सुरक्षाको उपाय अवलम्बन गर्ने सम्भावना न्युन रहेकोले फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन काठमाडौं महानगरपालिकाले माग गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई पत्र लेखी फुटपाथ तथा ठेला व्यापारमा पूर्ण प्रतिबन्ध लगाउन पुनः निषेधाज्ञाको आदेश जारी गर्न महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले माग गरेकी छन् ।

उपप्रमुख खड्गीले फुटपाथ र ठेला ब्यापारले शहरमा समुदाय तहमा कोरोना संक्रमण फैलिने जोखिम थप बढ्ने बताएकी छन् ।

यस्ता व्यापारीमा कोरोना संक्रमण देखिएमा प्रभावकारी ढंगले कन्ट्याक्ट ट्रेसिङसमेत गर्न नसकिने भन्दै उपप्रमुख खड्गीले फुटपाथ तथा ठेला व्यापार नियन्त्रण गर्ने महानगरपालिकाको नीति रहेको भन्दै यसलाई बन्द गर्ने आदेश जारी गर्न माग गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्