यातायातमन्त्रीलाई यातायात व्यवसायी र मजदुर संगठनको चारबुँदे माग


काठमाडौं,२६ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई भेटेर यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुले असोज १ गतेबाट यातायात चलाउने चेतावनी दिएका छन् ।

शुक्रबार यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुले चारबुँदे माग राखेका छन् ।

असोज १ गतेबाट अन्तर जिल्ला यातायात खुला गर्नुपर्ने, उपत्यकामा १६ सिटभन्दा कम क्षमताका सवारी पनि चलाउन पाउनुपर्ने, होल्डिङ सेन्टरमा भएको अनियमितताबारे छानविन गर्नुपर्ने र सवारीको आयु तोकेर दर्ता तथा नविकरण रोक्ने निर्णय खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

सरकारको निर्णय मानेर ६ महिनादेखि गाडी थन्काएर बसेको, तर असोज १ बाट नमान्ने उनीहरुले बताएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने जवाफमा मन्त्री नेम्वाङले पनि कि काम गर्न देऊ, नभए माम देऊ भन्ने माग जायज भएको बताएका छन् । ‘तर सरकार राहत दिनसक्ने अवस्थामा छैन भन्नुभयो’।

मन्त्री नेम्वाङले भने ‘गाडी चलाउने नचलाउने मैले मात्र भनेर हुँदैन, स्वास्थ्य मन्त्रालय र अर निकाय पनि छन् । चाडैँ तपाईहरुको कुरा प्रधानमन्त्रीसम्म पु¥याउँछु ।

प्रतिक्रिया दिनुहोस्