स्थायी कमिटी बैठकमा आफ्ना कुरा राखेर बाहिरिए प्रधानमन्त्री ओली


काठमाडौं, २६ भदौं । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रआफ्ना कुरा राखेर ओली बाहिरिएका छन् ।

आज (शुक्रबार) बिहान ११ बजे बसेको स्थायी कमिटी बैठकमा करीब २० मिनेट वैठस्थलमा ओली बसेका थिए ।

अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई वैठक जिम्मा लगाएर बाहिरिएको नेकपा स्रोतले जानकारी दिएको छ । स्रोतले भने उहाँ (प्रधानमन्त्री) बैठक शुरु हुने बित्तिकै आफ्ना कुरा राखेर म गएँ है भनेर बाहिरिनु भयो’, । लामो समय बस्दा स्वास्थ्यमा समस्या हुनसक्ने भएका कारण पनि शुरुमै आफ्ना कुरा राखेर प्रधानमन्त्री ओली बाहिरिएको स्रोतको भनाइ छ ।

पछिल्लो समय पार्टीभित्र देखिएको विवाद सामधानका लागि अध्यक्षद्वयले कार्यदल गठन गरेको र कार्यदलले दिएको सुझाबका आधारमा दुई अध्यक्षले बैठकको प्रस्ताव तयार गरेपछि नेकपाको विवाद समाधानको दिशामा गएको हो ।

अध्यक्षद्वले तयार पारेको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालको पनि सहमति रहेपछि स्थायी समिति बैठक आजै सक्ने गरी तयारी गरिएको नेकपा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्